पैसा बाँड्दै हिँडेको अभियोगमा एमाले उम्मेदवारका छोरा पक्राउ(भिडियो सहित )

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको स्थानीय दीपक न्यौपानेले रातोपाटीलाई जानकारी दिए । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको न्यौपानेले बताए । उम्मेदवारका छोरा पैसासहित पक्राउ परेपछि नवलपुर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको एक प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय