दोलखाको जुगुमा माओवादीद्वारा बुथ कब्जा, धारिलो हतियार प्रहार गर्दा एमालेका दर्जन कार्यकर्ता घाइते

दोलखाको गौरिशंकर गाउँपालिका २ जुगुमा नेकपा माओवादी केन्द्रले बुथ नै कब्जा गरेको छ । माओवादीका प्रदेश कमिटी सदस्य प्रभातजंग कार्कीको नेतृत्वमा बुथ नै कब्जा भएको स्थानीयहरुले बताएका छन् ।

सँगै, माओवादीबाट वडाध्यक्षमा निर्वाचित रोहित बुढाथोकीले एमाले नेताहरुमाथि हातपात सुरु गरेपछि माओवादीले बुथ कब्जाका लागि बाहिरबाट झिकाएका व्यक्तिहरुले एमालेका नेता कार्यकर्तामाथि धारिलो हतियार र रड प्रहार गरेका छन् ।

माओवादी केन्द्रले परिचालन गरेका व्यक्तिहरुले धारिलो हतियार, रड तथा चिर्पट प्रहार गर्दा एमालेका बागमती प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य डिल्ली बराइलीसहित दर्जन बढी घाइते भएका छन् । घाइते हुनेहरुमा विद्यार्थी नेता दिलिप खड्कासहित प्रकाश केसी, नविन राउत, सुरज कार्की, प्रविन कार्की र मनिराम नेपाली लगायत रहेका छन् ।

उनीहरुलाई अहिले सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा हस्पिटल लैजाँदै गरिएको दोलखाका एमाले नेता कार्यकर्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय