मतपेटिका लाँदा प्रतिनिधि राख्न नपाएका सागर भन्छन् : जनताले स्कर्टिङ गर्नुपर्‍यो, सुत्नु भएन

डडेल्धुराबाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकस संकलन गरेर लैजाने क्रममा गाडीमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्।

उनले डडेल्धुराका जनताले आफ्नो मतको सुरक्षा गरिदिन समेत आग्रह गरेका छन्।


‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडिओ, लाइभ जे हुन्छ त्यही राखेर बस्नु पर्‍यो, गाडीको स्कर्टिङ हजुरहरूले नै गर्नुपर्‍यो, बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज राति सुत्न भएन, जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध ।’

बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो? भनेर उनले प्रश्न समेत गरेका छन्।

‘कम्तीमा एक जना सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट त गाडीमा बस्न पाउनु पर्‍यो। हामी उही गन्ने बेलामा मात्र बस्ने हो? गाडीमा ठाउँ छैन कहाँ मिलाऊ भन्न पाइन्छ?’, उनले भनेका छन्, ‘कुनै पनि गाडी हामी कुनै एकजना उम्मेदवारको एजेन्ट नभइ प्रशासनको रहोवरमा मात्र सिधै रातको समयमा आयो भने कसरी विश्वास गर्ने तलमाथि हुँदैन भन्ने।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय