सार्वजनिक स्थान र फिल्म हलमा फुटबलको लाइभ देखाएर पैसा उठाउन पाइँदैनः मिडिया हब

देखाएर पैसा उठाउन पाइँदैनः मिडिया हब
सार्वजनिक स्थान र फिल्म हलमा फुटबलको लाइभ देखाएर पैसा उठाउन पाइँदैनः मिडिया हब

काठमाडौं । आजदेखि सुरु हुने फुटबल विश्वकप फुटबलको लाइभ प्रसारण सार्वजनिक स्थलमा देखाएर शुल्क उठाउन नपाइने भएको छ । नेपालका लागि फिफाको प्रसारण अधिकार प्राप्त मिडिया हबले टिकेट बिक्री गरी लाइभ प्रसारण देखाउन नमिल्ने बताएको छ ।

मिडिया हबका अध्यक्ष सोम धितालले टिकट बिक्री गरी सार्वजनिक स्थलमा फुटबलको प्रत्यक्ष प्रसारण देखाउनु परेको खण्डमा फिफासँग अनुमति लिनुपर्ने बताए । “फिफासँग अनुमति लिनका लागि मिडिया हब नै माध्यमको रूपमा रहनेछ,” टेकपानासँगको कुराकानीमा उनले भने ।

यद्यपि दर्शकसँग शुल्क नलिई सार्वजनिक स्थलमा निःशुल्क रुपमा प्रत्यक्ष प्रसारण देखाउन भने त्यस्तो अनुमति लिइरहनु नपर्ने मिडिया हबले जनाएको छ । “यसका लागि मिडिया हबलाई सामान्य जानकारी गराए पुग्छ,” धितालले भने ।

होटेल, रेस्टुरेन्ट तथा बारहरूमा समेत प्रत्यक्ष प्रसारण देखाए वापत छुट्टै शुल्क उठाउन नपाइने मिडिया हबले बताएको छ । यद्यपि ग्राहक आकर्षित गर्न फुटबलको प्रत्यक्ष प्रसारण देखाउन र अन्य खानपान बापत आम्दानी गर्ने कार्यमा भने कुनै समस्या नहुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय