४ सय मत गन्दा एमाले अगाडि, पम्फा भुसाललाई १ भोट मात्र

मंसिर ५ , काठमाडौँ
प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनामा अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिइरहेका छन्।

सोमबार बिहान प्राप्त परिणामअनुसार खड्काले २९८ मत ल्याएर अघि भएका हुन्। यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की छिन्। उनले १०१ मत ल्याएकी छन्। यसपछि रहेकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ म मात्र प्राप्त गरेकी छन्।



गोरखाका धाँधली भएका भन्दै पुनः मतदान गराउन एमालेको माग

नेकपा एमाले गोरखाले जिल्लाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ। जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गर्नु भएको छ।

ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिहरुले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ। विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका-१ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका-३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्तिमा माग गरिएको छ।

ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताउनुभयो। केन्द्रमा खटिएका कर्मचारी लगायतसँग बुझेर यसबारे निर्क्याेल गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय