बिनाभन्दा तारा दोब्बरले अघि

कैलाली । कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् ।

१ हजार मत गणना हुँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङले पाँच सय ९७ मत पाएका छन् ।


बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने दुई सय ३६ मत पाएकी छन् ।

यो पनि पढ्नुहोस्…
स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

काठमाडौ । ओटीटी( ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढे्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए ।

नेपालमा सन् २०१५ देखि सुरू भएको एप सिनेमाघरका प्र्रमुख कार्यकारी अधिकृत सागर खरेलले नेपाली दर्शकलाई युट्युबमा निःशुल्क कन्टेन हेर्ने बानी लागेकाले डिजिटल प्लेटफर्मको विकास नहुन सकेको बताउनुभयो । “हामीले सुरुआती समयमा चलचित्रको अधिकार लिएर निःशुल्करुपमै एपमा देखाउने गरेका थियौँ । दर्शकलाई फिल्म हेर्ने बानी बसेपछि न्यूनतम शुल्क लिन थालेका हौँ”, उहाँले भन्नुभयो, “अहिले यसको सुरक्षा प्रणाली चुस्त बनाउनाका साथै दर्शकले खोजिरहेको चलचित्र ल्याउने तयारीमा छौँ ।”

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिनुभएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास भइरहेको बताउनुभयो । “नयाँ फिल्म र ओर्जिनल कन्टेनको तयारी हामीले गरिरहेका छौँ । दर्शकको आकर्षण बढ्दै गएपछि हामीले पनि कन्टेन बढाउँन थालेका हौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय