पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?


काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओका लागि कुल १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।

यस हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । योमध्ये ५% अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, पिपुल्स हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय