काठमाडौं : हिमालयन डिस्टिलरीले ७०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ६०% बोनस सेयर र कर प्रयोजनसहित १०% नगद गरी कुल ७०% लाभांश दिने निर्णय गरेको हो । गत वर्ष यसले ७५% बोनस सेयर र कर प्रयोजनसहित २५% नगद गरी कुल १००% लाभांश वितरण गरेको थियो ।
यता, कम्पनीले लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । सभाका लागि हिमालयनले पुस २० गते बुक क्लोज गर्नेछ । पुस १९ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host