धाँधली भएको भन्दै सञ्चारमन्त्री कार्कीले पनि गरे मतगणना रोक्न माग, सर्वदलीय बैठक बस्दै

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को मतगणनामा धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेका छन् । मन्त्री कार्कीले गणना रोक्न माग गरेपछि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठकको तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी यादवले धाँधली भएको नभई मत इन्ट्रीमा तलमाथि परेको हुन सक्ने भएकाले मत गणना रोक्न कार्कीले भनेको बताए ।
सुनसरी ४ मा मन्त्री कार्की र एमालेका जगदीश कुसियैतका बिचमा प्रतिस्पर्धा छ ।

यस्तो छ पछिल्लो विवरण
ज्ञानेन्द्र बहादुर कार्की रुख – २३४३९
जगदीश प्रसाद कुसियैत सुर्य – २३३४१


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय