ओलीको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावना

यस पटकको चुनाव शान्तिपूर्ण रह्यो । अब करिब करिब अन्तिम परिणाम आउन बाँकी नै छ । अहिले हेर्दा केही सिट सङ्ख्याले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको र त्यसको निकटतम् तथा उस्तै उस्तैको हाराहारीमा नेकपा एमाले स्थापित हुँदैछ । अहिले हेर्दा के देखिन्छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कार गरेको छ । हुन त यसअघि पनि हामीले भनेका थियौँ अहिले नागरिकहरुले व्यापक रुपमा मत परिवर्तन गर्छन् र त्यो मत परिवर्तन सहर केन्द्रित हुन्छ भनेका थियौँ ।

यो अपेक्षित थियो । यसकारण कि लामो समय सत्तामा बसेका सत्ताको दोहन गरेका, सरकार सञ्चालनको मुख्य मसिहा भएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका दलहरु सत्ता केन्द्रित भए । विकास उनीहरुले गाउँ गाउँ पुर्याउन सकेनन् । नागरिकसँगको सम्बन्धदेखि उनीहरु धेरै टाढिए । सहरिया सँस्कृतिसँग उनीहरु लिप्त भए । आर्थिक अवस्थाबाट देश अहिले जसरी गुज्रिरहेको छ यसको निकास के हो भन्ने उनीहरुसँग उपाय पनि देखिएन, सुशासनको अवस्था हेर्ने हो भने विकृति, विसङ्गति र प्रशासनिक क्षेत्रमा भ्रष्टाचारको जालो धेरै बढिरहेको हुनाले पनि यो अपेक्षित नै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय