मंसिर २१ गते पनि नयाँ आइपीओ आउने

काठमाडौ- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि मंसिर २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।



कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको १ लाख ४ हजार ३९० कित्ता सहित कुल ५ लाख ५४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।



जसमध्ये ५ प्रतिशत अर्थात २७ हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।



यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा मंशिर २६ गतेसम्म ढीलोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।



यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय