प्रचण्डको राजीनामा माग्ने तयारी

काठमाडौँ/नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक शनिबार बस्दैछ। चुनावी नतिजाको विषयमा समीक्षा गर्न बैठक बस्न लागेको हो।बैठकमा हालै भएको चुनावमा पार्टीलाई भएको क्षतिबारे छलफल गर्ने, कारणहरू पहिल्याउने र सरकार गठन रणनीतिबारे छलफल गर्ने योजना छ।

यससँगै केही नेताहरूले पार्टीको बेहोरेको क्षतिको बारेमा गम्भीरताका साथ कुरा उठाउने तयारी गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गलत नीतिका कारण क्षति बेहोरको उनीहरूको निष्कर्ष छ।

नाम बताउन नचाहेका ती नेताहरूले प्रचण्डको राजीनामा माग्नेसम्मको तयारी गरेका छन्।माओवादीभित्र नै कांग्रेससँगको सत्तागठबन्धन छोडेर वाम-गठबन्धनका पक्षमा जानुपर्ने मत देखिने प्रवल सम्भावना रहेको छ।

मंसिर ४ गते सम्पन्न भएको चुनावमा माओवादीले प्रत्यक्षतर्फ हालसम्म १७ सिटमात्र जित्न सफल भएको छ।पहिलो संविधानसभाको चुनावमा माओवादीले प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकतर्फ १०० सिट हाँसिल गरेको थियो। २०७४ सालको निर्वाचनमा आइपुग्दा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट ल्याएको माओवादी यो पटक प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको छ।

दोलखामा जारी मतगणनामा माओवादीले अग्रता लिएको छ । समानुपातिकतर्फ पनि माओवादीले जित्ने सिटसंख्या १४ आसपास हुने देखिएको छ।माओवादीप्रति जनताको भरोसा गुम्दै गइरहेकाले यस्तो नतिजा आएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय