सानिमा मिडिल तमोर हाइड्रोले आईपिओ निष्काशन गर्दै ,   उक्त विषयकालागि साधारणसभा आह्वान

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १४ गते बिहिबार सभा आह्वान गरेको हो।

सभामा साधारण प्रस्तावहरू अन्तर्गत सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्ने, २०७८ / ७९ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्त सम्मको वासलात, आ.व नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचिहरु समेत छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ. व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक नियुक्ति सम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने र सञ्चालक समिति तथा अन्य उप-समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पेश हुने छन् ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको उद्देश्य परिमार्जन, पूँजीगत संरचना र सञ्चालक समितिको संरचनामा परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्रको दफा ४ को उपदफा (१) को (क), दफा ६ को (घ) र (च) तथा दफा ८ को (क) तथा नियमावलीको नियम ३१ को (१) मा संशोधन गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै प्रबन्धपत्रको दफा तथा नियमावलीको नियम संशोधन अभिलेखका सम्बन्धमा कम्पनीको तर्फबाट गर्नु पर्ने आवश्यक कार्यहरु गर्न तथा यस सम्बन्धमा सम्बन्धित निकायको निर्देशन बमोजिम फेरवदल वा अन्य आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले असार २४ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आईपिओबाट संकलन भएको रकम सोहि आयोजनामा स्वपुँजी लगानी अन्तर्गत खर्च गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय