नेप्सेमा सूचीकृत १० हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : नेप्सेमा सूचीकृत १० हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । कतिपय कम्पनीहरुले साधारण सभाबाट लाभांश प्रस्ताव पारित समेत गरिसकेका छन् भने कतिपयले साधारण सभा मिति सार्वजनिक गर्दैछन् । सानिमा माई, रु रु जलविद्युत र अरुण काबेलीले भने एजीएमबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । युनाइटेड मोदीले मंसिर १६ गते बुक क्लोज गरेर मंसिर २८ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, माउण्टेन इनर्जीले पनि पुस ८ गते साधारण सभा डाकेको छ । कम्पनीले सभा प्रयोजनका लागि मंसिर २७ गते बुक क्लोज गर्दैछ । १० वटा हाइड्रोपावर कम्पनीहरुमध्ये रिडी पावरले सबैभन्दा धेरै ४२.१०% लाभांश दिने भएको छ । यसले ४०% बोनस सेयर र २.१% नगद वितरण गर्ने भएको हो ।

दोस्रोमा चिमिले जलविद्यु कम्पनीले ७.५०% बोनस सेयर र ७.५०% नगद लाभांश गरी जम्मा १५% लाभांश प्रस्ताव गरेको छ । यसले लाभांश पारित गर्न पुस २२ गते एजीएम डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्दैछ । रिडी पावर, अरुण भ्याली, पाँचथर पावर र नेपाल हाइड्रो डेभलपर्सले भने साधारण सभा मिति घोषणा गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय