श्रृजनशील लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो त ओपन रेञ्ज ?

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सूचिकृत भएको छ ।

कम्पनीकोे १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल (एसएचएलबी) रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ९३हजार ७५० कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३०२ रुपैंया देखि ९०६ रुपैयाँसम्म ओपन रेञ्ज पाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय