माण्डु हाइड्रोले २४८ रुपैयाँमा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि ४० करोड ५८ हजार १९ हजार ७ सय ६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३ सय ७ कित्ता आईपीओ निष्कासन गर्न पुस ११ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १४८ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २ सय ४८ रूपैयाँमा आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय