अवैध रुपमा भित्रीएर जफत भएका  मोबाइल सेट लिलामी बिक्री गर्दै भन्सार बिभाग , कति पर्छ मूल्य??? (सूचना सहित)

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ ।

जफत भएका मोबाइल फोनहरु तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ । समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको लिलामीमा बिक्रि गर्न लागेको हो। उक्त मोबाइल खरीद गर्न चाहानेले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिन पर्ने छ।

लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल बाहेक अरु मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ। तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा नियन्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय