नेपाल वेयरहाउजिङ कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

नेपाल वेयरहाउजिंग कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले पुस २२ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १३ करोड ७५ लाख बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि हिमालयन क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

केहि समय अघि मात्र नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले नेपाल वेयरहाउजिंग कम्पनीको ७.२७ प्रतिशत शेयर खरिद गरेको थियो । कम्पनीले कूल जारी पूँजीको ८० प्रतिशतले हुन आउने रकम रु ५५ करोड वरावरको ५५ लाख कित्ता शेयर विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तालाई विक्री गरेको छ । वाँकि २० प्रतिशतले हुन आउने रकम रु १३ करोड ७५ लाख वरावरको १३ लाख ७५ हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको हो।

नेपाल वेयरहाउजिङ्ग कम्पनी आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था हो । कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्दै आएको छ। साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्दछ।
कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको कम्पनीले उल्लेख गरेको छ ।कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय