दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एन एएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको जानकारी दिए । उनीहरुलाई उद्दार गरी अस्पताल पठाइएको छ । उनीहरुको पहिचान खुलेको छैन । स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय