तपाइँले सिम एउटा व्यक्तिको र मोबाई अर्कै व्यक्तिको नाममा भएको मोबाइल फोन त चलाइरहनुभएको छैन । यदी त्यसो हो भने अब तपाइँको फोन नचल्ने प्रणालीको विकास हुन लागेकाले त्यसतर्फ बेलैमा सचेत हुनुहोला ।
नेपाल दूरसञ्चार प्राधिकरणले अब मोबाइल र सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने प्रावधान र प्रणालीको विकास गर्न लागिएको जनाएको छ । प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले अब मोबाइलको आइएमइआइ नम्बर र सिम कार्ड एकै व्यक्तिको नाममा दर्ता भएपछि मात्रै मोबाइल सेट चल्ने प्रणालीको विकास गर्न लागिएको जानकारी दिए ।
नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस प्रणाली) कार्यान्वयन गर्नुपर्ने माग राख्दै आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा प्राधिकरणको तर्फबाट उपस्थित भएका उपनिर्देशक मिश्रले यो सँगै, केवाइसी अपडेटको सिस्टम पनि ल्याउन लागिएको बताए ।
उनको भनाइअनुसार अब मोबाइलको आइएमइआइ नम्बर र उक्त मोबाइलमा राखिएको सिम कार्ड फरकफरक व्यक्तिको नाममा दर्ता छ भने यस्तो अवस्थामा मोबाइल फोन नचल्ने प्रणाली बनाउन लागिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host