राष्ट्रपतिकाे सवारीमा प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका डाक्टर घाइते

काठमाण्डाै – प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह घाइते हुनुभएको छ ।

शुक्रवार दिउँसाे राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते हुनुभएको हो । सङ्घीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहनुभएका सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उहाँको टाउँकोमा चोट लागेको छ ।

अहिले याे घटनाको विरोधमा त्यहाँका डाक्टरहरूले प्रदर्शन गरिरहेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा याे घटनाको विरोधमा डाक्टरहरूले प्रदर्शन गर्ने क्रममा सडक केहीबेर अस्तव्यस्त बन्न पुगेकाे थियाे ।

घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय