सरकारले विदा दिएपनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले फागुन १ गते सोमबार अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ। राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सरकारले विदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्थाका मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय