भोली काठमाडौँ उपत्यका बन्द

यातायात मजदुरले सोमबार काठमाडौँ उपत्यका बन्द गर्ने भएका छन् । नयाँ बसपार्कस्थित लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको विरोधमा भोली सोमबार उपत्यका बन्दको घोषणा गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

उनका अनुसार हिजो मन्त्रालयमा मजदूरका मागबारे भएको छलफलको जानकारी पनि गराउने र फागुन ३ गतेपछि आन्दोलनको स्वरुप परिवर्तनबारे मजदूर संगठनहरुबीच एकमत निर्माण गर्न आज दिउँसो १ बजेका लागि नयाँ बसपार्कमा कार्यक्रम राखिएकोमा कार्यक्रममा सहभागी हुन पुगेका मजदूरमाथि लोत्से मलका कर्मचारीले आक्रमण गरेको अध्यक्ष राईले जानकारी दिए ।

यातायात क्षेत्रको सुधारको लागि यातायात मन्त्रालयमा १५ दिनको अल्टिमेटम दिएर १० बुँदे माग बुझाएको र भोली १५ दिन पुग्ने भएकाले पर्सीबाट के कसरी आन्दोलन अघि बढाउने भन्ने विषयमा मजदूरहरुबीच छलफलका लागि कार्यक्रम राखिएकोमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेपछि भोली काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको उनको भनाई छ ।

‘लोत्से मलका ३०÷४० जनाको समूहले हाम्रा १५÷१६ जना मजदूरमाथि आक्रमण गरेका छन्, यसको विरोधमा भोली एक दिन काठमाडौँ उपत्यका बन्दको घोषणा गरेका छौँ’ उनले भने, ‘यो केही दिन लम्बिन पनि सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय