काठमाडौंमा घर भाडामा दिँदा र भाडामा गएको घर खाली हुँदा महानगरपालिकालाई ७ दिनभित्र सूचना दिनुपर्ने भएको छ । बुधबार महानगरपालिकाले सार्वजनिक गरेको घरबहाल व्यवस्था निर्देशिकामा घर भाडामा गए वा नगएको विषयमा ७ दिनमा सूना दिनुपर्ने उल्लेख छ ।
घरबहालमा दिँदा ३ प्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता वडा कार्यालयमा बुझाउनुपर्ने, एकप्रति भने सम्झौताकर्ताले राख्नुपर्ने छ ।
लिखित सम्झौतामा लिने र दिने पक्षहरूको नाम र ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाण–पत्र, इमेल ठेगाना, करदाता सङ्केत नम्बर पनि लेख्नुपर्नेछ ।
बहाल सुरु हुने मिति, बहाल कायम रहने अवधि र अवधि थपसम्बन्धी व्यवस्था, मासिक बहाल रकम पनि सम्झौतामा उल्लेख गर्नुपर्नेछ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host