सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

काठमाडौं : सुपर माई हाइड्रोपावरको आइपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी, समय भने अझै तय भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यता, सुपर माईको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ३७.१२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् ।

जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा सुरक्षित रहेको संकेत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय