दुर्गा प्रसाईंले एमाले छोडे

मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले आफू एमालेबाट अलग भएको र राजीनामा बुझाउने तयारी गरिरहेको बताएका हुन् ।

पूर्वराजपरिवारलाई राखेर कार्यक्रम आयोजना गरेपछि एमालेको प्रदेश नम्बर १ कमिटीले कारवाही सिफारिस गरेपछि प्रसाईँ आफैँले आफूले एमाले छोडेको जनाएका हुन् । प्रदेश कमिटीको सिफारिस अनुसार पार्टीको केन्द्रले कुनै निर्णय नलिँदै उनीले आफू एमालेबाट अलग भएको जनाएका हुन् ।

प्रसाईंले आजै एमाले अध्यक्ष केपी ओलीसमक्ष राजीनामा बुझाउने बताएका छन् ।

प्रसाईँ एमालेको केन्द्रीय सदस्य तथा उद्योग विभाग उपप्रमुख थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय