एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट मिति तय, ६९ हजार ७२० जनाले मात्र सेयर पाउने

काठमाडौं : एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार (फागुन १४ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार (फागुन १४ गते) बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, एसियनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।

जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएर बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय