मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँड गर्ने तयारी, आइपीओ हात पार्न भाग्यकै भर

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ शुक्रबार (फागुन १९ गते) बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार शुक्रबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । अझै केही काम बाँकी रहेकोले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ ।

मोलुङको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेको छ ।

यसमा १४ लाख ८७ हजार ५८४ जनाले कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा २ लाख २६ हजार ४६५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ६१ हजार ११८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन ४ गतेबाट सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन व्यवस्था रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय