काकाको विहेमा जन्त गएका भतिजले काकी संग बिहे गरेपछि ……

तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् ।

थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।

सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भतिजा नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए ।

भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् ।

सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए । आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।

सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय