जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्कासन मिति सार्बजनिक ,कति दिने आवेदन ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले  माघ २१ गते देखि सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ ।

स्रोतका अनुसार अनुमति पाएका ६ कम्पनि मध्ये जाल्पा सामुदायिक लघुवित्तले सबै भन्दा पहिला आईपीओ निष्कासन गर्न लागेको हो।संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पुँजी १६ करोड रुपैयाँ हुनेछ ।

संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआईआर बिबि रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।

आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्र्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ भने आईपीओ निष्कासन पछि उक्त पूँजी रू. १६ करोड पुग्नेछ । अघिल्लो आवको कम्पनीले रू. ११ करोड ३८ लाख ४४ हजार खुद ब्याज आम्दानी गरेको थियो भने गत आवमा  रू. २५ करोड ९५ लाख ७७ हजार पुगेको छ ।

मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पुँजी रु २५ करोड रहेको छ साथै जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैया रहेको छ । वित्तीय संस्थाले आर्थि वर्ष २०८१/२०८२ को अन्त सम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।

संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय