माघ मसान्तसम्म विद्यालय नखुल्ने , सार्वजनिक यातायातमा जाेरबिजाेर हट्याे

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसी व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले माघ मसान्तसम्म विद्यालयमा पठनपाठनमा लगाइएको रोकलाई निरन्तर राख्न सिफारिस गरेको छ ।

सिसिएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार केन्द्रले विद्यालय बन्दलाई थप १५ दिन लमब्याउन सिफारिस गरेको हो । यसअघि सरकारले माघ १५ गतेसम्मलाई विद्यालयमा भैतिक उपस्थितिमा अध्ययन अध्यायपन बन्द गर्ने निर्णय गरेको थियो ।  त्यस्तै बैठकले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस गरेको छ ।

त्यस्तै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द गर्न बैठकले सिफारिस गरेको छ । त्यस्तै सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई पनि माघ मसान्तसम्म बन्द राख्न सिफारिस गरेको छ ।

आजदेखि सार्वजनिक यातायातमा जाेरबिजाेर हट्याे : काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली आजबाट हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि  निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् । कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ ।

विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो । पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन् ।

यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय