यी राशि हुनेको भाग्य चम्किने , पथिवारा माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

१६ माघ २०७८, आइतबार । तदनुसार जनवरी ३० तारिक २०२२ ।

माघकृष्णपक्ष त्रयोदशी तिथि, (शहीद दिवस) गर करण, पूर्वषाढा नक्षत्र, हर्षण योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज विहान ६ः५४ मा सूर्योदय हुनेछ भने १७ः४१ मा सूर्यास्त हुनेछ । आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ ।

आइतबारको दिन सूर्यरानारायणको दर्शन गर्नु निकै उत्तम मानिन्छ । आइतबारलाई सूर्यको बार भनिन्छ । आज विहान ११ः५६  देखि १२ः ३९ सम्म अभिजित मुहूर्त रहेको छ । आज  ४ः२२ देखि ५ः४३ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा कुनै पनि शुभकर्म नगर्नु होला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता  हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज  आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा बेस हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन तपाईंलाई अर्थलाभ हुनेछ । व्यापारबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु बेस हुनेछ । नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  सिंह राशिका जातकले आइतबार बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने उनको आशीर्वादले सकारात्मक सोच बढ्ने छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुनभन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईंबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंको सोचअनुसार काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईंलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला ।  काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय