विश्व इतिहासमा आज यस्ता घटना भएका थिए

आज सन् २०२२ को ३० जनवरी । सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिट्लर आजै जर्मनीको चान्सलर बनेका थिए । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही घटनाः

पहिलो कम्प्युटर भाइरसः 
सन् १९८२ मा पहिलो क्रम्प्युटर भाइरस सार्वजनिक भएको थियो, जसलाई एल्क क्लोनर नाम दिइएको थियो । १५ वर्षीय रिचार्ड स्क्रेन्टाले एउटा व्याबहारिक जोकका रुपमा एल्क क्लोनर बनाएका थिए ।

ब्लडी सन्डे
बोगसाइड नरसंहारसमेत भनिने उत्तरी आयरल्यान्डको बोगसाइड क्षेत्रमा सन् १९७२ को ३० जनवरीमा सेनाको गोली लागेर १३ निशस्त्र नागरिकहरुको ज्यान गएको थियो । आईबार रक्तपात भएको सो दिनलाई ब्लडी सन्डे भनिन्छ ।

इतिहासमै डरलाग्दो समुद्री दुर्घटना
सन् १९४५ मा इतिहासमै डरलाग्दो समुद्री दुर्घटना भएको थियो । दोस्रो विश्वयुद्धको समयमा सोभियत पनडुब्बीले जर्मनीको सेनाको समुद्री जहाज विलहेम गस्टटोल्फलाई डुबाइदिएको थियो । ३० जनवरीमा बाल्टिक सागरमा सोभियत पनडुब्बी एस १३ ले जर्मनी सेनाको विलहेम गस्टलोफलाई डुबाइदिएको थियो । दुर्घटनामा ९ हजार ४०० जनाको मृत्यु भएको थियो ।

गान्धीको हत्या
आजकै दिन भारतका राष्ट्रपिता तथा अहिंसाका प्रतिक महात्मा गान्धीको हत्या भएको थियो । सन् १९४८ को ३० जनवरीमा नाथुराम गोड्सेले गान्धीको हत्या गरेका थिए । भारतीय स्वतन्त्रता आन्दोलनका मुख्य अगुवा तथा आध्यात्मिक नेता गान्धी  विश्वका महापुरूषहरुमध्ये एक हुन् ।

बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धीको ठूलो योगदान थियो थियो । गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई राष्ट्रसंघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।

एडोल्फ हिट्लर जर्मनीका चान्सलर
सन् १९३३ को ३० जनवरीमा एडोल्फ हिट्लर जर्मनीको चान्सलर बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय