रुरु जलविद्युत् परियोजना लिमिटेडले १० % बोनस सम्बन्धित शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मा गरेको छ ।
जलविद्युत्ले असोज १६ गते पारित गरेको १० प्रतिशत बोनस शेयर असोज ६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । उक्त मितिपश्चात शेयर अभौतिकीकरण गराउने सदस्यहरुको पनि हितग्राही खातामै बोनस शेयर जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
यस वर्ष कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७/ ७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
हालसम्मपनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई यथासिघ्र अभौतिकीकरण गराई आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।
उक्त कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविद्युत् परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको कम्पनीको भनाइ छ ।
उक्त कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविद्युत् परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको कम्पनीको भनाइ छ ।