क्रिप्टो करेन्सीलाई करको दायरमा ल्याउने तयारी सरकार

नेपाल सरकारले अब क्रिप्टो करेन्सीलाई लागू गर्ने भएको छ ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजस्व नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आगामी आर्थिक वर्ष २०८९/८० को बजेटमा राजस्व सुझावका लागि संघले नेपाल राजस्व परामर्श समितिसँग मिलेर कार्यक्रम गरेको हो।

कार्यक्रममा नेपालले लिएको कर नीति यसको विविध पक्षमा छलफल भएको छ। छलफलमा समितिका अध्यक्ष महेश दाहालले क्रिप्टो करेन्सीलाई कानुनी दायारमा ल्याउने गरी सुझाव तयार भैरहेको बताए।

उनले भने,’भारतले डिजिटल करेन्सीलाई कर तिराएर प्रणालीमा ल्याउने प्रयास गरिसकेको छ, अब हामीले पनि यसलाई प्रणालीमा ल्याउने गरी सुझाव तयार गर्नेछौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय