नेस्डो सम्बृद्ध लघुवित्त को आइपिओको आबेदन दिने आज अन्तिम दिन ।

नेस्डो सम्बृद्ध लघुवित्तको आइपिओको आबेदन दिने आज (फागुन- १५ ) अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्बसाधारण निस्कासन गरेको आइपीओ को हालसम्म २० लाख भन्दा बढी आवेदन परेको छ ।नेस्डो सम्बृद्ध लघुवित्तको सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नको लागि छुट्टयाइएको प्रति कित्ता अकिंत मूल्य रु.१००।– को दरका ८,२८,७५०कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १२,७५० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको तथा ५ प्रतिशत अर्थात ४१,४३७ कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी वाँकी रहने ७,७४,५६३ कित्ता शेयर सर्वसाधरणमा निश्कासनको लागि धितोपत्रको सार्वजनिक निश्कासन मिति २०७८.११.११ गते देखि२०७८.११.१५ गते वंैकिङ्ग समय सम्म खुल्ला भएको आह्वान पत्र मिति २०७८.११.०४ गते वुधबारको आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय