आइपीओ सूचिकरणको बारेमा के भन्छ त क्यापीटल ? हेर्नुस पुरा समाचार।

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको थियो । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाएका थिए ।<p> राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेर बाँडफाँड सम्पन्न गरेकाे आईपीओलाई नेप्सेमा सुचिकृत गर्ने तयारी गरिएकाे छ । केही दिन अघि मात्रै आईपीओ बाँडफाँड गरिएकाे थियाे । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन १२ गते बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जना आवेदन परेको थियो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाका अनुसार ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता शेयर मात्रै योग्य रहेको थियो । लघुवित्तको आईपीओ यो महिनाको अन्तिम दिनसम्म नेप्सेमा सूचीकृत भइसक्ने क्यापिटलले जनाएको छ । छिटोमा अर्काे साताको शुक्रबारसम्म सूचीकृत हुन सक्ने तर यदि शुक्रबारसम्म नभएमा यो महिनाको अन्तिम दिनसम्म नेप्सेमा सूचीकृत हुने क्यापिटल बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय