आज नेपाली शेयर बजार बन्द !!!

काठमाण्डू (फागुन १७ गते ) नेपाली शेयेर बजार बन्द रहने छ । महाशिवरात्रीकाे अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । सार्वजनिक बिदा परेकाे हुनाले आज सेयर बजार पनि बन्द हुने भएकाे हाे ।

हिजाे (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेकाे थियाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेकाे थियाे । कूल २२७ वटा कम्पनीकाे ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।
बजार भोली पुन : खोल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय