१०६ अर्ब १० करोड पुनरकर्जा स्वीकृत, १७ हाइड्रोलाई ५ प्रतिशत ब्याज मै ऋण

१० करोड बराबरको  पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले ग्राहकको मुल्यांकको आधारमा प्रदान गरिने पुनरकर्जा अन्तर्गत ३ अर्ब ५० करोडको विशेष पुनरकर्जा  र १० अर्ब १४ करोड बराबरको साधारण पुनरकर्जा स्वीकृत गरेको छ । यस अन्तर्गत विशेष पुनरकर्जा २० ऋणीको लागि र साधारण पुनरकर्जा ८३ ऋणीको लागि स्वीकृत गरिएको हो ।

त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जाको आकार ९२ अर्ब ४६ करोड रहेको छ । जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ८ अर्ब १० करोड, विशेष पुनरकर्जा ८ अर्ब ७९ करोड र साधारण पुनरकर्जा ७५ अर्ब ५८ करोड रहेको छ ।   जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ९ हजार ४ सय ८६ ऋणीको लागि, विशेष पुनरकर्जा १६ सय ८७ ऋणीको लागि र  साधारण पुनरकर्जा १२ हजार ९ सय ९२ ऋणीको लागि स्वीकृत गरिएको हो ।

विशेष पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने  बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन्। त्यस्तै साधारण  पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन्।

राष्ट्र बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिन्छ।

ग्राहक ऋणी अनुसार स्वीकृत गरिएको पुनरकर्जा मध्ये पर्यटन क्षेत्रमा ४९.९७ प्रतिशत अर्थात् ६ अर्ब ८१ करोड स्वीकृत भएको हो । त्यस्तै जलविद्युत क्षेत्रमा २३.७६  प्रतिशत अर्थात् ३ अर्ब २४ करोड, उत्पादनमुलक क्षेत्रमा ८.८२ प्रतिशत अर्थात् १ अर्ब २० करोड, शिक्षा क्षेत्रमा ६.२७ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख, अस्पताल क्षेत्रमा ५.०४  प्रतिशत अर्थात् ६८.७० करोड, निर्माण ब्यबसायमा २.४७ प्रतिशत अर्थात् ३३.७५ करोड, खाद्य उत्पादन क्षेत्रमा १.४७ प्रतिशत अर्थात् २० करोड, यातायात क्षेत्रमा १.१२ प्रतिशत अर्थात् १५ करोड २२ लाख ,ब्यापार क्षेत्रमा ०.६८ प्रतिशत अर्थात् ९ करोड ३२ लाख, र कपडा क्षेत्रमा ०.४० प्रतिशत अर्थात् ५ करोड ४७ लाख स्वीकृत भएको छ ।

ग्राहक ऋणी अनुसार स्वीकृत गरिएको पुनरकर्जा मध्ये सबै भन्दा धेरै प्रदेश ३ मा ५२.२३ प्रतिशत अर्थात् ७ अर्ब १२ करोड स्वीकृत भएको छ । त्यस्तै गण्डकी प्रदेशमा १८.२१ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड स्वीकृत भएको छ । लुम्बिनी प्रदेशमा १३.०२ प्रतिशत, प्रदेश १ मा १२.२०  प्रतिशत, प्रदेश २ मा ३.६१  प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत कर्जा स्वीकृत भएको छ ।

यी हुन् ग्राहक ऋणी अनुसार पुनरकर्जा स्वीकृत भएका हाइड्रो कम्पनी :

घलेम्दी हाइड्रो: २० करोड,

रावा इनर्जी डेभलपमेन्ट प्रालि : २० करोड

सुरी खोला हाइड्रो: २० करोड,

विकास हाइड्रोपावर: २० करोड

युनियन हाइड्रो : ९.८७ करोड,

युनिक हाइडेल : १६.१३ करोड

नेपाल हाइड्रो डेभलपर : २० करोड

विन्ध्यवासिनी हाइड्रो: २० करोड

सानिमा हाइड्रो: १२.४० करोड

अपर हेवा खोला हाइड्रो : २० करोड

मन्दाकिनी हाइड्रो : १७.३१ करोड

माईखोला हाइड्रो : २० करोड

सुपर माई हाइड्रो : २० करोड

अविरल हाइड्रो : १४ करोड ८ लाख

थ्री स्टार हाइड्रो : २० करोड

आँखुखोला हाइड्रो : २० करोड

याम्बालिंग हाइड्रो : १९ करोड ५० लाख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय