सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ८३ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय