नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँड भोलि नहुने!! अब कहिले होला त ??

नेष्डो समृद्ध लघुवित्तकाे आइपिओ बाँडफाँड यो हप्ता नहुने जस्तै देखिएको जनाएको छन् !! यस हप्ता विदा परेका कारण काम सक्न बाकी रहेको र सकेसम्म आर्को हप्ता गर्ने जनाएका छन् | क्यापिटलकी डेप्युटी सीईओ नलिना श्रेष्ठका अनुसार आईपीओ बाँडफाँडका लागि क्यापिटलबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको छ । शनिबार नेष्डो समृद्ध लघुवित्तका कर्मचारी उपस्थित भएपछि आइतबार प्री अलोटमेन्ट सम्पन्न गरी आगामी साता नै आईपीओ बाँडफाँड गर्ने तयारी रहेको उनले बताइन् ।

 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय