ब्राेकर कमिसन चाडै घट्छ : बाेर्ड अध्यक्ष, हमाल

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले ब्राेकर कमिसन परिमार्जन हुने बताएका छन् ।

 

अर्थ मन्त्रालयमा आयोजित पूँजी बजार सम्बन्धी छलफल कार्यक्रममा कुराकानी गर्दै उनले हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने सन्दर्भमा आवश्यक अध्ययन भइरहेको बताएका छन् ।

 

र्राष्ट्रिय बजारहरूमा कति ब्राेकर कमिसन लागू भएकाे छ भन्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको बताए । साे अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने उनी बताउँछन् ।

साेही कार्यक्रममा अर्थमनन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सर्कुलर ट्रेडिङ बढेकाे भन्दै यसलाई नियन्त्रण गर्न अत्यन्तै जरुरी रहेकाे बताएका छन् । कार्यक्रममा कुराकानी गर्दै उनले भने, “इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ जस्ता कुराहरु स्वीकार्य हुँदैन त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ।” नियामक निकायका कर्मचारीहरुले राजनीति गर्ने गरेको गुनासो आएका भन्दै अर्थमन्त्री शर्माले यसलाई नियन्त्रण गर्ने सबै नियामक निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय