तोलाको ९९ हजार ९ सय पुग्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

 

आज तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै बढेर प्रतितोला ९९ हजार ४ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलाको १३ सय ८० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८५ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ८३ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय