नेप्सेमा १० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार गरिमा विकास बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ ।

 

स्टकका अनुसार बैंककाे १० लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

बैंकले ७ वर्ष अवधिकाे “८.७५% गरिमा डिबेञ्चर, २०८५” काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । निष्कासन गरिएकाे कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय