इमर्जिङ नेपालकाे आईपीओ नेप्सेमा आज सूचिकृत, कारोबार कहिले ???

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ ।

 

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका थिए ।

यसै संगै कम्पनीको पहिलो कारोबार भने आइतबारबाट हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय