एमाले अध्यक्ष ओली भन्छन् प्रदेश १ को नाम “कोसी”

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ ।

 

प्रेस चौतारी नेपाल प्रदेश-१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उहाँले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश-१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उहाँको भनाइ छ ।

जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय