इन्जिनियरिङ्ग पेशा त्यागी सेयर बजारमा छिरेका राजकुमार केसी भन्छन् : पैसा त यतै रैछ

इन्जिनियरिङ्ग पेशा त्यागी सेयर बजारमा प्रवेश गरेका अनुभवी लगानीकर्ता राजकुमार केसीलाई जीवनका विभिन्न रङहरूमध्ये पूँजी बजारको रङ असाध्यै मनपर्छ । सेयर बजारमा लामो दूरीको दृष्टिको निश्चितता, विश्वासको स्थिरता, लगानीको उद्देश्यको स्थिरता र लगानीकर्ताले गर्ने कृतज्ञताको गहिराईमा विश्वास राखेमा यीनै कुराले बाटो देखाउने बताउँदै उनी आफूले पनि यही कुराहरूमा विश्वास गर्ने भएर सेयर बजारमा लागेको बताउँछन् । आफू सेयर बजारमा प्रवेश गर्नुको मुख्य प्रेरणाको श्रोत वारेन बफेटलाई बनाएका छन् उनले । वारेन बफेटको ३ सेकेन्डको भिडियोले उनको जीवन फेरियो । उनलाई सेयर बजारप्रति प्रेरित गर्यो त्यही भिडियोले । अनि उनले विभिन्न पुस्तकहरूको अध्ययन सुरू गरे पूँजी बजारको गहिराई बुझ्न । अहिले यही सेयर बजारबाट सन्तुष्ट छन् उनी । जीवनको हरेक ऐश आनन्द उनलाई सेयर बजारले नै दिएको छ ।

 

नेपाली सेयर बजारमा टेक्निकल र फण्डामेन्टल विश्लेषणको बारेमा मात्रै सुन्दै आइरहेकोमा उनी पृथक विश्लेषणमा लागेका छन् । त्यो हो क्वान्टिटेटिभ एनालाईसीस । सेयर बजारमा लगानी तथा विश्लेषण गर्ने विभिन्न पक्षहरूमध्ये अहिले विकास भएको नयाँ पक्ष हो क्वान्टिटेटिभ एनालाईसीस । नेपालमा पनि नयाँ पुस्ताहरूले यसको अध्ययन गर्दैछन् । टेक्निकल र फण्डामेन्ट एनालाईसीस बढी विषयगत हुने तर यो क्वान्टिटेटिभ एनालाईसीस भने बढी उद्देश्यगत हुने उनको तर्क छ । क्वान्टिटेटिभ एनालाईसीसमा लगानी गर्ने तरिकालाई नम्बरमा परिवर्तन गरी फरमुला बनाएर लगानी गरिने हुँदा भावनाहरू नमिसिने उनी बताउँछन् । क्वान्टिटेटिभ एनालाईसीसको अध्ययन गर्न र नियम बनाउन गाह्रो भएतापनि यो लागू गर्न भने सहज रहेको उनले बताए ।

 

व्यक्तिगत रूपमा आफूले पनि प्राविधिक विश्लेषणबाट धेरै राम्रो अनुभव लिएको बताउँदै उनले भने, “म आफूले टेक्निकल एनालाईसीसबाट धेरै राम्रो अनुभव लिएको छु । खुसी बटुलेको छु, पैसा बटुलेको छु । यसले काम गर्दैन भन्दा मलाई पाप लाग्छ ।” प्राविधिक विश्लेषण आफ्नाे रगतमै रहेकाे बताउँदै उनले भने, “मसँग आईसीयू बेडबाटै ट्रेड गरेको अनुभव पनि छ ।” गत वर्ष उनी काेराेनाले गर्दा आईसीयू पुगे । उनी डिस्चार्ज हुन २-३ दिन बाँकी थियाे । डाक्टरले कम्प्युटर आईसीयूभित्र लैजान दिएन । उनले आफूलाई ट्रेड गर्नुपर्छ भन्दा डाक्टरले उनलाई आफ्नो ज्यान प्यारो की सेयर बजार प्यारो भन्ने जवाफ फर्काएका थिए । मनमनै उनालाई सेयर बजार पनि उत्तिकै प्यारो लागेको थियो । अनि उनले आफ्नो मोबाइलबाट हेरेर ट्रेड गर्न थाले । उनले एक उदाहरण दिए “When you’re prepared and opportunity take place than you’re the luckiest man” । आईसीयूकाे त्याे बेडबाटै ट्रेड गर्न उनी पनि तयार थिए । उनले माेबाइलमा स्क्राेल गर्दै टेक्निकल चार्टहरूकाे बारेमा अध्ययन गरे । फाइनान्सियल सेटअप गरे । टिएमएस चलाउन उनकाे हात चिलायाे । डिस्चार्ज हुन अझै दुई तीन दिन बाँकी थियो । उनले घरमा आफ्नो श्रीमतीलाई भनेर १० वटा जति ल्यापटप तयार गर्न लगाए । अनि घर पुग्ने बित्तीकै उनले १० वटा ल्यापटपबाट २० वटा आईडी खोलेर ट्रेड गरे । १५ दिनमा उनले लगानी डबल बनाउन सफल भए । यो सबैकुरा भाग्यले मात्र नभएर आफ्नो Preparations ले गर्दा सम्भव भएकाे उनी बताउँछन् ।

मान्छेको अनुहार हेरेर डाक्टर बन्न नसकेजस्तै ११ बजेदेखि ३ बजेसम्म पोर्टफोलियो हेरेर बस्दैमा राम्रो ट्रेडर बन्न सकिँदैन

मान्छेको अनुहार हेरेर डाक्टर बन्न नसकेजस्तै ११ बजेदेखि ३ बजेसम्म पोर्टफोलियो हेरेर बस्दैमा राम्रो ट्रेडर बन्न नसकिने उनको धारणा छ । ११ बजेदेखि ३ बजेसम्म पोर्टफोलियो हेरेर बस्नु भनेको समयको खर्च गर्नु जस्तो उनलाई लाग्छ । बरू अध्ययन गर्न र अनुसन्धान गर्न समय खर्च गर्दा उपयोगी हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय