शिवम् सिमेन्ट्स लिमिटेडको कम्पनी विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रियल सेक्टरका थोरै मात्र कम्पनीहरु सूचीकृत छन्। जसमध्ये एक हो, शिवम् सिमेन्ट्स लिमिटेड (SHIVAM).

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रियल सेक्टरका थोरै मात्र कम्पनीहरु सूचीकृत छन्। जसमध्ये एक हो, शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM)।

 

यस साता कम्पनीको शेयरमूल्य १४५ रुपैयाँ घटेको छ। गत साताको अन्तिम कारोबार दिन १ हजार ३१३ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साताको अन्तिम कारोबार दिन १ हजार १६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

फिबोनाची रिट्रेसमेन्ट अनुसार आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा १ हजार २३५ रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १ हजार १६८ रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। र यी दुई बीचको दूरी बढ्दो क्रममा छ। यसले कम्पनीको शेयरमूल्य करेक्सन जोनमा रहेको संकेत गर्दछ।

शेयरमूल्य ओरालो लागेपनि यस साता कम्पनीको भोल्यूम भने बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा ७७ हजार ९५३ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ४४ हजार ८२७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा साताको दैनिक औषत भोल्यूम ७३.९० प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बिक्री आम्दानी र कुल आम्दानी बढेपनि खर्चहरु बढेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेको छ भने कुल आम्दानी ७.५९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५४ प्रतिशत बढेको छ।
४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय