आइएमई जनरल इन्स्योरेन्स को हकप्रद शेयेर आज बाट

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (फागुन २२) गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेको छ । कम्पनीले १:०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

 

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

कहिलेसम्म दिने आवेदन ?

कम्पनीको हकप्रदमा चैत्र १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।

कम्पनीकाे वित्तीय अवस्था :

चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १९.२३ प्रतिशतले घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ३.४० प्रतिशतले बढेर ३७ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय