कहिले आउला त नया आइपिओ ??? एस्तो भन्छ सेबोन

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले एक डेढ महिनाभित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने बताएका छन् ।

 

सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले भने, “आईपीओ प्रकृया राेकिँदा कम्पनीलाई पनि घाटा भएको छ । त्यो हामीले बुझेका छौँ । अहिले मेरो टिमले सबै इन्डेक्स हेरिरहेको छ । कुन कम्पनीको प्रकृया कहाँ पुग्यो त्यहाँबाट थाहा हुन्छ । यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ । कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।”

बैंकलाई ब्रोकर लाइसेन्स कहिले ? यसो भन्छन् बोर्ड अध्यक्ष

हमाल

उनले थपे, “भाेलि बिदा छ पर्सीबाटै हामी राेकिएका जति पनि कम्पनी छन् सबै कम्पनीहरूलाई वान बाइ वान अनुमति दिन्छौँ । यसलालाई राेक्नु पर्ने कुनै कारण छैन । राेक्दा सबैलाई अफ्ठ्याराे पर्छ ।”

सबै पकृया पुरा गरेर अनुमति दिँदा एक डेढ महिना लाग्ने उनले बताए । आईपीओ मात्रै नभएर पाइपलाइनमा रहेका डिबेञ्चर र राइट सेयरहरूकाे पनि प्रकृया चलिरहेकाे उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय